दैलेख,२ फागुन ।
दैलेखमा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई सोमबार राति साढे १० बजेको समयमा ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
श्रीमान श्रीमतिबिच समान्य विवाद हुँदा श्रीमानले काठको गरालोले हान्दा श्रीमतिको घटना स्थलमै मृत्यु भएको हो । शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ भने श्रीमान कृष्णलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी जवान राजकुमार शाहीले जानकारी दिए ।
युग संवाददाता । । २ फाल्गुन २०७९, मंगलवार १४:१९