बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु भएपछि आफन्त आन्दोलित

सुर्खेत,१ फाल्गुन ।

आइतबार सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन थालेका छन् । बसको ठक्करबाट जाजरकोटको छेडागाड नगरपालिकाकी ६६ वर्षीय नदी रावतको मृत्यु भएको हो ।

उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प भएका छन् । दुर्घटनामा मृत्यु भएकी रावत हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा बस्दै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया