सुर्खेत,२५ माघ ।
वीरेन्द्रनगरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले मंगलवार चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत, २० वर्षका रोहन धौलाकोटी र २६ वर्षका दिपेश थापामगर रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर र नगद २१ हजार ९४० रुपैयाँ फेला बरामद गरिएको छ । पक्राउ परेकाहरु चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ ।
युग संवाददाता । । २५ माघ २०७९, बुधबार १७:२९