सिम्ताका विद्यालयमा प्रशासकिय अधिकृतको उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन

दुर्गा विसि

सुर्खत,२४ माघ ।

सुर्खेतको सिम्तामा विद्यालय अनुगमनसँगै विद्यार्थीहरुसँग प्रमुख प्रशासकिय अधिकृतले उत्प्रेरणामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । सिम्ता गाउँपालिकामा बिद्यार्थी सङ्ग प्रमुख प्रशासकिय अधिकृत कार्यक्रमको सुरुवात गरिएको छ । विद्यार्थीहरुको सिकाइ वातावरण, र आफ्ना अनुभव हरु बिद्यार्थीहरु माझ आदानप्रदान गरि सकारात्मक उत्प्रेरणामुलक सन्देश दिने उदेश्यले यो कार्यक्रम शुरु गरिएको जनाएको छ ।

यसै अन्तर्गत पहिलो दिन सोमबार सिम्ता गाउँपालिका ७ स्थित श्री जनकल्याण माध्यामिक बिधालय काप्रीचौरका बिद्यार्थीसङ्ग सिम्ता गाउँपालिकाका प्रमुख प्रसाकिय अधिकृत ओमप्रकाश देवकोटाले अनुभव आदानप्रदान गरेका छन्  । कक्षा ८देखि –१२ सम्म अध्ययन गर्ने बिद्यार्थी सङ्ग प्रशासकिय अधिकृत देवकोटाले अन्तरक्रिया गरेका हुन  ।

यसैबिच जनकल्याण मावी काप्रीचौरका प्रधानाध्यापक शुसिला कार्की र सम्पुर्ण शिक्षक कर्मचारीको उपस्तिथिमा युवा परिषदका केन्द्रिय वोर्ड सदस्य रवि सेन्चुरी र युवा अभियान्ता जीवन पाण्डेले बिद्यार्थी बिच उत्प्रेरणामुलक सन्देश सहित सहजीकरण गरेकाे जनकल्याण माविका शिक्षक दामोदर रेग्मिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया