एसअाेएस मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत,२१ माघ ।

सुर्खेतकाे कालागाँउमा अवस्थित एसअाेएस हर्मन् माइनर विद्यालयमा अभिभावक दिवसकाे अवसरमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न  भएकाे छ । कार्यक्रममा विद्यालयका अभिभावक संगसंगै वीरेन्द्रनगर नगरपालिकाका  वडा.नम्बर ४ र ५ का निजि तथा सामुदायिक विद्यालयकाे अभिभावक सहितकाे उपस्थितमा  कार्यक्रम सम्पन्न भएकाे हाे ।

अभिभावक दिवस संगै सञ्चालन भएकाे  अभिभावक शिक्षा कार्यक्रम अन्तराष्ट्रिय लाइफ काेच नरबहादुर कार्की , बालराेग विशेषज्ञ नवराज के.सि तथा वरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा प्रमुख विरेन्द्र प्रसाद शर्माले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य यामलाल कडेंलले सुर्खेत जिल्ला मात्र नभइ कर्णाली प्रदेशकै राम्राे परिचित विद्यालयले धेरै संख्यामा विद्यार्थी व्यवस्थापन गर्न अनुराेध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया