बँगुर बिक्रि नहुदाँ उमालाल संकट्मा

दुर्गा वि.सी

सल्यान,२१ माघ ।

२ वर्ष अघि देखि लाखौं लगानी गरेर बुगंर व्यवसायीमा होमिएका उमलाल यतिखेर भने बँगुर बिक्रीवितरण नहुदाँ निकै पिडामा छन् । १५ लाख ऋृण कारेर खोर,बँगुरका पाठा खरिद गरेका उमलालका यतिखेर साना ठुला गरि ७२ वटा बँगुर खोरमा छन् ।

कृषि लोन लिएर उनले बँगुर व्यवासायि रोजे ६ महिनामा डेरलाख र मासिक ९ हजार एक सय बैंकमा व्याजदर तिर्नु पर्छ तर भनेर जसरि बँगुर बिक्रि नहुदाँ उनलाई निकै तनाव भएको वताए ।उमलाल यतिखेर बंगुर वजारिकरण नहुदाँ निकै ठुलो संकटमा परेको जनाउने गरेका छन् ।

केही बँगुर २ सय कन्टोल तौल पुगिसकेको छ ।बँगुरलाइ दाना जुटाउनमै उमलालको परिवारको हत्तु हैरानी परेको देखिन्छ ।सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं १ मा रहेको आमखोलि बँगुर पालन फर्म दर्ता गरि सो व्यवसायीमा होमिएका उमलाल यतिखेर भने निकै ठुलो संकट आएपरेको जनाउछन ।

किसानले गरेको दुख,उत्पादन गरेको चिजले भने जसो समयमै मूल्य नपाउनु,साहु ऋृण,साँवा व्याज अब कसरी तिर्ने चिन्ताले रातदिन पिरोलिएको उनी वताउछन् ।स्थानीय तहबाट भने उमलाल कुनै सहुलियतपूर्ण नपाएको जनाउँदै उल्टै बँगुरमा केहि समस्या हुदा प्राविधिक सापोट समेत नपाएको उनको दुखेसो छ ।

फर्मको लागि वत्तिको माग समेत गरियो तर त्यता समेत आवास्था नगरेकोले आफनै व्यक्तिगत लगानी पहल र दुखमा लाइन लिएको जनाए ।स्थानीय सरकारले खास व्यवासायि,किसान भन्दा विचौलियाहरु उनको प्रथामिकतामा पर्ने उनको दुखेसो छ ।उमलालका लागि यतिखेर कुनै पक्षबाट व्यवासायि सपोट नभएको दुखेसो छ ।उल्टै साहु ऋृण गरेर सञ्चालन गरेको व्यवसायीले बजारिकरण नहुदा उनी ठुलो मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया