अखिल नेपाल शिक्षक संगठन आठबिसकोट नगरको सम्मेलन सम्पन्न

 प्रचण्ड खत्री
रुकुम,पश्चिम,२० माघ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको चौथो नगर सम्मेलन बिहिबार सम्पन्न भएको छ  । देब बहादुर केसीको अध्यक्षतामा २१ सदस्य नगर समिति गठन भएको बताएको छ ।
जसको बरिष्ट उपाध्यक्षमा प्रेम चन्द , उपाध्यक्षमा रमेश शाही , उपाध्यक्ष सुनिता बुढा , सचिब लोकेन्द्र शाह रहनु भएको नबनिर्बाचित अध्यक्ष देबबहादुर केसीले बताए ।  जसको सहसचिबमा फलेंद्र बिक , लक्षमण डाँगी ,नरेन्द्र खड्का र अर्थसचिबमा ओम केदार रहेकाे  नबनिर्बाचित अध्यक्ष केसीले जानकारि दिए ।
नगर सम्मेलनमा आठबिसकोट नगरपालिकाका नगर प्रमुख रबि केसी , नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष मानबहादुर चनारा लगायतका नेताको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया