श्रेष्ठको आर्थिक अभावमा उपचार रोकियो,

दुर्गा वि सि

सल्यान,१५ माघ ।

सल्यान सल्लिवजार निवासी प्रकाश दास श्रेष्ठ यतिवेला जीवन मरणको दोसाँधमा छन् ।उपचारको लागि भएभरको सबै सम्पत्ति उपचारमै सकाए पछि अहिले उहालाई उपचारको लागि निकै कठिनाई हुदै जान थालेको छ । लामो समय होटल व्यवसायी गर्दै आएका श्रेष्ठ विगत केही वर्ष देखि लिभर,कलेजमा समस्या देखा परे पछि उपचारकै लागि सुर्खेत,काठमाडौ,भरतपुर र काठमाडौंका विभिन्न अस्पतालहरुमा निकै रकम खर्चिए ।

 आज उनलाई ( Liver cirhosis deeompensates with ascites – Gr lll with jaandice with AKI\HRS) कलेजोको रोगसँग सँघर्श गरिरहेका छन्  ।पछिल्लो समय नेपागञ्ज भेरी अस्पताल कोहोलपुर मेडिकल कलेज र हाल सुर्खेतको कालागाउँ अस्पतालमा राखी थप उपचार भैरहेको छ भने थप उपचारका लागि काठमाडौं टिचिन्ङ हस्पिटलमा लिनुपर्ने भएकोले उहाको आर्थिक अबस्था अत्यन्तै दयनीय रहेकोले सबै पक्षसँग जीवन रक्षाको निम्ति आर्थिक सहयोगको अपिल गरिरहेका छन्र ।

केही दिन देखि उहाँको जीवन रक्षाका खातिर उपचारका लागि सहयोग रकम समेत जुट्ने क्रम जारि रहेको घरपरिवारले जनाएका छन् । छोरिको नामको लक्ष्मि बैंकको खातामा रकम जम्मा गरि जानकारी गराइदिन हुन सबै तह र तप्काका महानुभावसँग अपिल गरिएको छ ।अहिले उनि हस्पिटलको वेडमा उपचारकै क्रममा छट्पटाइ रहेका छन ।

थप उपचारका लागि घरपरिवारसँग सो रकम अभाव सृजना भएको छ ।भए भरको रकम उपचार क्रममै पहिल्यै सकियो ।श्रेष्ठ वचाउ अभियान यतिखेर स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम वढिरहेको छ ।जतिसुकै किन नहोस थोरै या धेरै सकेको सहयोगका लागि घरपरिवाले सबै पक्ष माझ अपिल समेत गरेका छन ।

तपाईको प्रतिक्रिया