जटिल बिरामीलाई मासिक दुई हजार

सुर्खेत,१४ माघ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले जटिल रोग र प्यारालाइसिस भएका बिरामीलाई मासिक दुई हजार रुपैयाँ दिने भएको छ। नगरपालिकाले नगरसभाबाट पारित गरी यस्तो निर्णय गरेको हो। अब नगरपालिकामा भएका विभिन्न ९ वटा जटिल रोगका बिरामीहरूले औषधि उपचारबापत नगरपालिकाबाट मासिक दुई हजार रुपैयाँ पाउने भएका हुन्।

नगरपालिकाले जटिल प्रकारका दीर्घ रोगबाट पूर्ण अशक्त भएका बिरामीहरूलाई उपचार खर्चसम्बन्धी कार्यविधि २०७९ अनुसार मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, प्यारालाइसिस गरी नौ वटा रोग भएका बिरामीहरूलाई उपचार खर्चस्वरूप मासिक दुई हजार दिने निर्णय भएको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए।


उनले यी रोग भएका बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचारबापत मासिक दुई हजार खर्च उपलब्ध गराउने निर्णय भएको बताए। उक्त रोग भएका पीडितहरूले रकम प्राप्त गर्नलाई चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा अन्य रोग प्रमाणित गर्ने आवश्यक कागजातसहित नगरपालिकामासम्पर्क गर्नुपर्नेछ। नगरपालिकाले स्वास्थ्यका लागि करिब ३० लाख बजेट छुट्ट्याएको छ।

अन्नपुर्ण  


Leave a Reply

Your email address will not be published.


ताजा समाचार