मन्त्री नियुक्तिको खुसीमा मुगुमा दीपावली

मुगु,१४ माघ ।

कर्णाली प्रदेश सरकारमा जिल्लाबाट मन्त्रीमा नियुक्ति भएको खुसीमा नेकपा (एमाले) मुगुले बिहीबार सदरमुकाम गमगढीको कृष्णाचोकमा दीपावली गरेको छ। एमालेबाट मुगु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचित सांसद जितबहादुर मल्ल कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्।

अघिल्ला मन्त्रिमण्डलमा नेकपा एमाले मुगुबाट निर्वाचित प्रदेश सांसदहरू कोही पनि मन्त्रिमण्डलमा नपरेको र यो पटक मन्त्रिमण्डलमा पहिलो पटक मुगुले मन्त्री पाएकाले दीपावली गरेको एमाले मुगुका कावाअध्यक्ष डबल रोकायाले बताए। प्रदेश सरकारमा अघिल्लो मन्त्रिमण्डलमा एमालेबाट प्रदेशसभामा दुवै क्षेत्र विजयी भएको भए पनि मन्त्रिमण्डलमा परेका थिएनन्।


एमाले विभाजनपछि एकीकृत समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री नियुक्त भएका थिए। यो पटक मुगु जिल्लाबाट एमालेबाट मल्ल र नेकपा (माओवादी)बाट मंगलबहादुर शाही भौतिक पूर्र्वाधार ऊर्जा तथा जलस्रोत मन्त्री भएकाले जिल्लाको विकास निर्माणमा केही आशा पलाएकोले पनि दीपावली गरेको एमालेका कर्णाली प्रदेश सदस्य डिलबहादुर मल्लले बताए।

अन्नपुर्ण 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार