कर्णालीमा मन्त्रालय भागबन्डा : माओवादी ४, एमालेलाई ३

सुर्खेत,११ माघ ।

 कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डामा सहमति जुटेको छ । सत्ता गठबन्धन दलहरूबीच मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो । सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।

माओवादी केन्द्र :

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय

२) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४) भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय

एमाले :

१) आर्थिक मामिला तथा योजना मन्त्रालय

२) सामाजिक विकास मन्त्रालय

३) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

तपाईको प्रतिक्रिया