जुम्लामा एक जना मृत फेला

जुम्ला,९ माघ ।

जुम्लाको पातारासी गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी–६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । ’घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो देखिन्छ,’ उनले भने, ’घटनाको अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लाग्नेछ ।’ मृतक बुढाको शव कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारी भइरहेको छ ।

कान्तिपुर

तपाईको प्रतिक्रिया