बागमती प्रदेशस्तरीय पुरुष भलिबल : उपाधिका लागि रामेछाप र चितवन भीड्दै

काठमाडौं,७ माघ ।

बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र चितवनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष सीताराम कार्कीले रामेछाप र चितवन बीचको फाइनल खेल मध्यान्ह १२ बजे हुने जानकारी दिए।

उनका अनुसार शुक्रबार भएको सेमिफाइनलको खेलमा धादिङलाई पराजित गर्दा रामेछाप र सिन्धुपाल्चोकलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेका हुन्। धादिङलाई २५–२३, २५–१४ र २५–१५ सोझो सेटमा पराजित गर्दै रामेछाप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । त्यस्तै सिन्धुपाल्चोकलाई २५–१५, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित गरेर चितवन फाइनल प्रवेश गरेको हो। आज बिहान ८ः३० बजे तृतीय र सान्त्वनाका लागि धादिङ र सिन्धुपाल्चोक प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ५० हजार र सान्त्वना ३० हजार पुरस्कार राशिसहित शिल्ड, मेडलको व्यवस्था रहेको अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। उनका अनुसार खेलमा सहभागी टीमलाई सहभागी भएबापत प्रतिटीम २५ हजार रुपैयाँ र सेमी फाइनलमा पुगेका टीमलाई थप २५ हजार रुपैयाँसमेत दिइनेछ।


नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बुधबारबाट सुरु भएको खेलमा बागमती प्रदेशका ११ जिल्लाका टीमको सहभागिता रहेको थियो। बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक जिल्लाका टीम प्रतियोगितमा सहभागी भएका छन्।

अन्नपुर्ण 


Leave a Reply

Your email address will not be published.


ताजा समाचार