आज सुदूर पश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं,५ माघ ।

आज सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पहाडी भूभागका आंशिक बदली रहनेछ भने तराईमा हुस्सु लागिरहेक छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

सेताेपाटी 

तपाईको प्रतिक्रिया