कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा विश्वासको मत लिंदै

सुर्खेत,४ माघ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । शर्माले तत्कालै विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिन भनेर मंगलबार साँझ ५ बजे पत्र दर्ता गराएको र विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ ।

त्यसका लागि बिहीबार साँझ ५ बजे ४८ घन्टा पुग्छ । प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया