सर्वदलीय बैठक बालुवाटारमा जारी

काठमाडौँ ,३ माघ ।

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार अपराह्न बैठक बसेको हो । बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । उनको प्रस्तावमा मतदानमा सहभागी २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए । प्रधानमन्त्री दाहालले मंगलबार मात्रै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया