जन्मदिनको फजुल खर्च कटौतीबाट अतिविपन्न विद्यार्थीलाई स्टेसनरी वितरण

दुर्गा विसि

सल्यान,१ माघ।

जन्मदिनको फजुल खर्चको सद्पयोग स्वरुप सल्यान बनगाड कुपिण्डे नगरपालिकाका तरुण दल अध्यक्ष कमल पुनद्वारा विपन्न वालवालिकाइ स्टेसनरी सामग्री वितरण गरिएको छ ।प्रभाकर माविका अति विपन्न विद्यार्थीलाई छनौट गरि स्टेसनरि वितरण गर्दै उनले यो सर्हानिय काम गरेका छन् । बिद्यालयका करिब २७ जना अति बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका तरुण दल नेपालका नगर अध्यक्ष तथा समाजसेवामा अत्यन्तै अग्रनि युवा कमल पुनले आफ्नो जन्मदिनको अबसरमा पौष २९ गतेका दिन प्रभाकर माबि देबस्थलमा अध्यनरत कक्षा १ देखि १० सम्मका अति विपन्न गरिव बालबालिकाहरुलाई करिब ५ हजार बराबरको कापि ,कलम लगायतका पठनपाठनमा सहयोगी वन्ने अध्ययन सामाग्री वितरण गेरेर उदाहरणीय काम गरेका छन् ।

१ महिना अघि आमा बचाउ अभियान समेत चलाएर गरिव आमाको उपचारको लागि सहयोग रकम संकलन गरेर ठुलो राहत सहयोग समेत गरेका थिए । साथै कोभिड–१९ को महामारीमा लकडाउनबाट पिल्सिएका नागरिकलाइ नगरपालिकाको वडा नम्बर १ का गरीब २४ घरधुरीलाई आफ्नो टिमको अभियानबाटै करिब ३५ हजार बराबरको राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए ।नेपाली कांग्रेसको भातृ संगठन तरुल दल अध्यक्ष समेत रहेका पुन सामाजिक सेवाभावका क्षेत्रमा अग्रेनि देखिन्छन् ।

 

तपाईको प्रतिक्रिया