जीवनज्योती बहुउद्देश्यीय सहकारीको करिव १० कराेड काराेबार, नाफा ३० लाखबढी

सुर्खेत, ३० पौष ।
जीवनज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–१० घुस्राले आ.व. २०७८/०७९ मा ३० लाख ८९ हजार १ सय ७४ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सहकारीको १५ औं बार्षिक साधारणसभामा आय–व्यय प्रतिवेदन पेश गर्दै सहकारीको बार्षिक कारोबार, बचत तथा ऋण, सेयरबृद्धि र नाफा विवरण पेश गरिएको थियो ।

सहकारीको प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष श्याम बहादुर ओलीले आ.व. २०७८/०७९ मा ९ करोड ९१ लाख २३ हजार ३ सय ३० रुपैयाँको कारोबार गरी १ करोड २२ लाख ३० हजार ९ सय १० रुपैयाँ आम्दानी र ९१ लाख ४१ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको जनाइएको छ ।

५ सय ७२ जना सेयर सदस्य रहेको सहकारीको शेयर पँुजी १ करोड ५४ लाख १७ हजार, जगेडा कोष ३१ लाख ५१ हजार ३८ रुपैयाँ, निक्षेप बचत संकलन २ करोड ६६ लाख ४६ हजार ४ सय २१ रुपैयाँ, लगानी रहेको ऋण ६ करोड ३१ लाख १८ हजार २ सय ४६ रुपैयाँ रहेको जनाइएको छ ।

बार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष दिल बहादुर विसीले संस्थाको आय–व्यय, आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । सहकारीको रिक्त रहेको सचिव पदमा सेयर सदस्य दीपक कुमार बुढाक्षेत्री र सदस्य पदमा सेयर सदस्य मान कुमारी चौधरीलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले सहकारीको माध्यमबाट छरिएर रहेको पुँजी एकीकृत गरी न्यून आयस्रोत भएका कृषकहरुको आयस्तर बृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष अमृत बहादुर विसीले सहकारी संस्थाहरु बचत तथा ऋण मात्रै नभएर उत्पादनमूलक कार्यमा सक्रिय हुनुपर्ने बताए । उनले भने “सहकारीले बार्षिक साधारणसभामा खादा र व्याज लगाउने परम्परा छोड्नुपर्छ । सहकारीका शेयर सदस्यहरुलाई फुलको माला बुन्न लगाउने खरिद गरी प्रयोग गर्ने गर्नुपर्छ ।” साधारणसभा सहकारीका अध्यक्ष श्याम बहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया