कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको बधाई

पुस २९, सुर्खेत।

कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पदाधिकारी टोलीले भेटेर बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा शुक्रबार महासंघको पदाधिकारी टोलिले मुख्यमन्त्री शर्मालाई भेटेर बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिदै कर्णालीमा सञ्चार क्षेत्रको विकास र प्रबर्द्धनका लागि पहल गर्न आग्रह गरेको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा कर्णालीमा सञ्चार क्षेत्रको विकासका लागि नव गठित सरकारले सहयोग गर्ने आशा ब्यक्त गरे  । उनले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको सवाल, सञ्चार सम्बन्धी कानुन निर्माण लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराए  ।

मुख्यमन्त्री शर्माले बिगतमा विभिन्न मिडियामा रहेर आफुले पत्रकारिता गरेको स्मरण गर्दै कर्णालीमा सञ्चार क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सञ्चार सम्बन्धी कानुन बनाउँदा पत्रकार महासंघ लगायतका सञ्चार माध्यमको सुझाव र सल्लाह बमोजिम नै बनाइने बचन व्यक्त गरे  ।

कर्णालीको समग्र विकासमा सकारात्मक गतिविधिको प्रभावकारी प्रचार प्रसारमा हातेमालो गर्दै गलत क्रियाकलापको खबरदारी गर्नु पत्रकारिताको इथिक्स भित्रको कुरा भएको मुख्यमन्त्री शर्माको भनाइ छ । भेटमा महासंघका उपाध्यक्ष बिमला खड्का, महासचिव खगेन्द्र भट्टराई, सचिव दिपक बुढा र अशोक राजी, कोषाध्यक्ष गणेशकन्चन भारती लगायतका पत्रकारहरुले कर्णाली प्रदेशमा सञ्चार क्षेत्रका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए  ।

तपाईको प्रतिक्रिया