कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

सुर्खेत,२७ पाैष ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् ।

माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । कर्णालीमा माओवादी र एमालेबीच साढे २÷२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।

तपाईको प्रतिक्रिया