रेडियो आफनो एफ .एम. छैटाैँ वर्ष पुरा गरी साताै वर्षमा प्रवेश

प्रचण्ड खत्री

 रुकुम पश्चिम,२७ पाैष ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.९० थोप्लो ४ मेगाहर्ज छैटाैँ  वर्ष पुरागरी साताैँ वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम. आज वाट सातौ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको हो ।

रेडियोले वार्षिक उत्सवको अवसमा रुकुम पश्चिममा रहेका कैदीहरुलाई पुस्तक हस्तान्तरण तथा फलफुल वितरण गरेको वताएको छ । रेडियोका स्टेशन म्यानेजर गोपालप्रशात रेग्मिका अनुसार कारागारका कैदी बन्दीलाई फलफुल र पुस्तक बितरण गरिएको हो ।

१ सय वाट क्षमता रहेको रेडियो आफनो एफ.एम.को प्रसारण ईन्टरनेटको माध्याम वाट संचालकमा रहेको छ । रुकुम पश्चिम, सल्यान , जाजरकोट , दैलेखका जिल्लामा रेडियोको पहुज रहेको म्यानेजर रेग्मिले बताए ।

www.radioafnofmrukum.com र हाम्रो पात्रो मार्फत संसारभर रेडियोको प्रसारण पहुच रहेको छ । रेडियोले वार्षिक उत्सवको अवसरमा स्थानीय सरकार, राजनितिक दल विज्ञापनदाता तथा आम स्रोतलाई रेडियोले धन्यवाद समेत दिएको छ ।

तपाईको प्रतिक्रिया