अत्याधिक सवारी चाप हुने वीरेन्द्रनगरका जोखिमपूर्ण पुल (भिडियो रिपोर्टसहित)

सुर्खेत, २७ पौष ।
सुर्खेत–काठमाडौं बुद्ध एयरको सिधा उठान हुन थालेपछि देशका प्रमुख, सरकारी उच्च पदस्त कर्मचारी, सबै पार्टीका नेताहरु बर्षमा दर्जनौ पटक सुर्खेत आउने–जानेक्रम जारी छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी निकायका माथिल्लो तहका कर्मचारी, सबै पार्टीका प्रमुख, कुटनितिक नियोगका भिआइपीहरु विमानस्थलमा उत्रिएपछि सवारी साधनमा यात्रा गर्दा प्रयोग हुने दुई वटा पक्की पुल उच्च जोखिममा रहेका छन् ।

बिमानस्थलमा उत्रिएपछि भिआइपीहरु सुरक्षा दलबलसहित स्किटिङमा कालोसिसा प्रयोग गरिएका सवारी साधनको प्रयोग गर्दै एयरपोर्ट–कालिन्चोक सडक मार्गबाट सभा, सम्मेलन, कार्यक्रम स्थल, होटलतर्फ हुईकिने गरेका छन् ।

भिआईपीहरुको आवज जावत हुने एयरपोर्ट–कालुन्चोक सडक खण्डको वीरेन्द्रनगर औद्योगिक क्षेत्र अगाडीको इत्राम खोला पुल र सवारी साधन तथा पैदल यात्रुहरुको आवत जावतमा अत्याधिक चाप हुने वीरेन्द्रचोक–यरिचोक सडक खण्डको खोर्के खोलाको पक्की पुल उच्च जोखिममा रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ र ८ जोड्ने सुर्खेत विमानस्थल जाने–आउने भिआइपी इत्राम खोलाको पुल र वीरेन्द्रनगर–६ र ४ जोड्ने वीरेन्द्रचोक–यरिचोक आउने–जाने हार्डवयर, कार्गो, ट्रान्सपोर्टका ठुला गाडी आवत जावत गर्ने र बजार आउने जाने नागरिकहरुको अत्याधिक चाप हुने खोर्के खोलाको पुलमा कुनै पनि समयमा ठुलो दुर्घटना हुने जोखिम रहेको छ ।

तत्कालिन जिल्ला विकास समितिबाट २० बर्ष अगाडी निर्माण भएका दुई वटा पक्की पुल २०७१ सालको बाढीले क्षति पु¥याएको थियो । बाढीले पुलको फाउण्डेशन, पिल्लर, रेलिङमा क्षति पु¥याउनुका साथै केही समय पुल अवरुद्ध समेत भएको थियो ।

बाढीपहिरोले क्षति नभएका ठाउँ र क्षेत्रमा समेत दर्जनौ पक्की पुलहरु निर्माण भैसक्दा बजेट अभाव भन्दै हालसम्म पनि उच्च महत्वका दुवै पक्की पुल निर्माण तथा मर्मत सम्मार हुन सकेका छैनन् । बाढीले क्षति पु¥याएका दुवै पक्की पुलको मर्मत तथा नयाँ पुल निर्माणमा सडक डिभिजन कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाले चासो नदेखाउँदा यातायात तथा पैदल यात्रुहरुलाई आवतजावतमा समस्या भैरहेको छ ।

भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=5HqwTyyrkBU

तपाईको प्रतिक्रिया