स्कर्पियो दुर्घटनामा चालकसहित तीन जना घाइते

सल्यान,२७ पाैष ।

सल्यानमा स्कर्पियो गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । जिल्लाको बाग्चौर नगरपालिका २ बाग्चौरबाट थारमारे जाँदै गरेको लु ३ च ७८४ नम्बरको स्कर्पियो स्थानीय बसपार्क नजिकैको घुम्तीमा मंगलबार बेलुका ७.३० बजे दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा बाग्चौर नगरपालिका ४ सिमखोलीका २५ वर्षीय चालक दिपेन्द्र बस्नेत, थाराचौरका २३ वर्षीय प्रेम डाँगी र वडा नं ९ कुइयापानीका २४ वर्षीय प्रभाकर ओली रहेका छन् । घाइते सबैको अहिले जनप्रिय पोलिक्लिनिक बाग्चौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।

स्थानीयहरूका अनुसार स्कर्पियो अनियन्त्रित भएर भित्तामा ठोक्किँदा सडकमै दुर्घटनामा परेको थियो । घाएतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया