दाहाललाई विश्वासको मत दिने नेपालको संकेत

काठमाडौँ ,२५ पाैष ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने संकेत गरेका छन् । संसदको पहिलो बैठकमा सम्बोधन गर्दै छिटोछिटो सरकार परिवर्तन होस भन्ने पक्षमा पार्टी नभएको बताएका छन् ।

’भोलि त विश्वासको मत लिनु छ । यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईंहरुको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायीत्वको अपेक्षा पनि गरेका छन् ’ नेपालले भने, ’हामी चाहादैनौं छिनछिनमा सरकारहरु परिवर्तन होस । विगतको अनुभवहरुले हामीलाई केही शिक्षा दिएको छ । विगतको शिक्षाबाट राम्रो ढंगले शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ ।’

अध्यक्ष नेपालले दाहाललाई प्रधानमन्त्री बनेकोका शुभकामना दिँदै बोली र व्यवहारमा समान्जस्यता हुनुपर्ने पनि बताए । ’नवनियुक्त हुनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई म शुभकामना दिन चाहान्छु । उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने, नमूना काम गर्ने, सबै क्षेत्रमा सुधार देखाउने बताउनु भएको छ ।

जनताले अनुभूति गर्ने गरी अघि बढोस्’ नेपालले भने, ’बोली र व्यवहारमा समान्ज्यस्ता आओस् भावना व्यक्त गर्दै सफलताको कामना गर्न चाहान्छु ।’

कान्तिपुर 

तपाईको प्रतिक्रिया