एम.एड.तहको पढाइ सञ्चालनका लागि सर्वपक्षीय अन्तरक्रिया
दुर्गा विसि
सुर्खेत,२४ पाैष ।
सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकामा रहेको सिम्ता वहुमुखि क्याम्पसमा यसै शैक्षिकसत्र देखि एमएड कक्षा सञ्चालन हुने भएको छ ।त्रिभुवन बिश्वबिद्धालय शिक्षाशात्र संकाय डिन कार्यलयको सिफारिस र कार्यकारणी परिषदको निर्णय अनुसार सिम्ता बहुमुखी क्याम्पस सिम्ता –६ राकम,सुर्खेतलाई एम.एड.तहमा नेपालि र शैक्षिक योजना तथा ब्यबस्थापन बिषयमा यसै शैक्षिक सत्रमा देखि कक्षा संचालन हुने जनाएको छ ।
एमएड तहमा सम्बन्धन पाए पछि सबैको सहयोग र हातेमालोबाट उक्त कार्यक्रम सफल वनाउन आज क्याम्पस प्राङ्गणमा सर्वदलिय सर्वपक्षीय सरोकारवाला निकाय माझ सुझाव मागिएको छ । क्याम्पस प्रमुख वकिल वस्नेतले आज भएको व्यापाक सर्वपक्षीय भेलाबाट थुप्रै सुझाव आएको जनाउनु भयो ।साथै क्याम्पसमा नियमित पठनपाठन र विद्यार्थी नियमितताका विषयमा क्याम्पस थप गम्भीर वनेको जनाएको छ ।
विद्यार्थीको नियमिततालाइ अभिभावकसँग र विद्यार्थी माझ थप चेतनामूलक तथा सुचना सन्देशमुलक कार्याक्रम लिनुपर्ने सुझाव व्यक्त गरिएको छ ।एमएड कक्षा सञ्चालनका विषयमा समेत क्याम्पस सञ्चालन समिति अलि वढि कदम चाल्नुपर्ने जनाएको छ ।
क्याम्पसले भखरै सम्पन्न प्रदेशको चुनावमा कर्णाली प्रदेश सुर्खेत क प्रदेश सभा सदस्य तथा सोहि क्षेत्रका मानानिय खड्ग प्रसाद पोख्रेललाई वधाइसँग सम्मान गरेको छ ।
कार्यक्रम प्रमुख अतिथि प्रदेश सभा सदस्य पोख्रेल,गाउँपालिका अध्यक्ष ऐनवहादुर चन्द,बन्गाड क्याम्पस बनगाड सल्यानका सञ्चालन समितिका उपाध्यक्ष गणेश विसि,नेपालि कांग्रेस सुर्खेत पुर्व पार्टी उप सभापति टेकबहादुर सिंह,नेकपा एमाले सिम्ता गाउँ कमिटी अध्यक्ष डम्बर घर्ती,माओवादी केन्द्रका झुप वहादुर वुढा लगाएतका महानुभावहरुले धारणा राखेका थिए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष नेत्रलाल महताराको सभा अध्यक्षतामा भएको सर्व दलिय,सर्व पक्षीय भेलाको सञ्चालन क्याम्पस प्रमुख वकिल वस्नेतले गरेको जनाएको छ ।
