यस बर्ष विभिन्न कार्यक्रम सहित रिम्ना मेला लाग्ने

प्रचण्ड खत्री

रुकुम पश्चिम,२३ पाैष ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४, को रिम्ना मेलामा विभिन्न कार्यक्रम रहने छ । यसपटक विभिन्न खेलकुद सहितका सांस्कृतिक कार्यकम आयोजना गरिएको मेला आयोजक समितीले बताएको छ ।

पछिल्ला तीन बर्ष यता कोराेना महामारीका कारण मेलाआयोजना गरिएको थिएन । नेपालमा कोरोनाको संक्रमण दर शुन्य भए संगै रिम्ना मेला यस भब्य तरिकाले लाग्ने भएको छ । यसपटक खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको मेला आयोजक समिती सचिब डिल्ली परियारले जानकारी दिए ।

मेला आयोजक समितीका सचिब परियारका अनुसार रिम्ना धार्मिक मेलामा खेलकुद, साँकृतिक तथा पर्यटन सम्बन्धी कार्यक्रम र प्रस्तुतीहरु रहने छन । पुस २८ गते देखि माघ २ गते सम्म मेला लाग्ने छ ।

मेलाको अवसरमा खुल्ला पुरुष भलिवलमा विजेता हुने समुहले १ लाख, उप विजेताले ७५ हजार र प्रतियोगिताको सेमिफाईनल सम्म पुग्ने दुई समुहले २५÷२५ हजार रुपयाँ पुरस्कार पाउने छन् । त्यस्तै मेलामा रामजी खाँड , टीका सानू सहितका राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ ।

तपाईको प्रतिक्रिया