जाजरकोट,२२ पाैष ।
जुनीचाँदे गाउँपालिकामा भीर बाट लडेर एक महिलाको ज्यान गएको छ । वडा नं ११ की २३ बर्षिया पवित्रा रावतको घाँस काट्ने क्रममा बादे भीर बाट लडेर ज्यान गएको त्यहाँका स्थानिय विनोद खड्काले जानकारी दिए ।
उनका अनुसार घाँस काट्ने क्रममा माथि बाट आएको ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । विहीबार विहान रावतका श्रीमान् श्रीमति घाँस काट्न जंगल गएका थिए । उनको दुई बर्षकी छोरी छन् ।
युग संवाददाता । । २२ पुष २०७९, शुक्रबार ०८:११