जुम्लामा अटो दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

जुम्ला,२२ पाैष ।

जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिला गाउँपालिका–३ कुडारीमा अटो दुर्घटना भएको हो । मृत्यु हुनेमा अटो चालक तातोपानी गाउँपालिका–१ बाइराकाका २९ वर्षीय पुरन सार्की र तिला–३ कै २० वर्षीया आकाश थापा रहेका छन् । थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 डिएसपी नरेन्द्र चन्दका अनुसार १ क च ११ नम्बरको अटो बिहीबार दिउँसो साढे २ बजे दुर्घटना भएको थियो । अटो जुम्ला सदरमुकाम खलंगादेखि रारालिहीतिर जाँदै थियो । अटो अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल तिला नदीमा खसेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया