कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

वीरेन्द्रनगर,२१ पाैष ।

 कर्णालीमा प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन् । बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको हो ।

कर्णालीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सरकारको नेतृत्व गर्ने विषयमा केन्द्रको निर्णय कुरिरहेका छन् ।कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १÷१ सांसद छन् भने १ जना स्वतन्त्र सांसद गरी ४० सांसद रहेका छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!