एसईई टेस्ट गरेको हजार लिदै विद्यालय, स्विटर नलिएकै कारण विद्यार्थिले परिक्षा गर्न पाएनन् 

प्रचण्ड खत्री

रुकुम पश्चिम,२० पाैष ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर ३ स्थित श्री स्यार्पूताल माविमा कक्षा १० को टेस्ट परीक्षा चलीरहेको छ । २ दिनअघिदेखि शुरु भएको परीक्षाको आज तेस्रो दिन झण्डै १५ देखि २० जना विद्यार्थी परीक्षाबाट बञ्चित भएका छन् । अहिले चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीहरुलाई स्विटर वितरण गरीरहेको छ ।

६ सय ५० रुपैयाका दरले प्रत्येक विद्यार्थीहरुलाई स्विटर वितरण गरीरहेको विद्यालयमै कक्षा १० मा अध्ययनरत छात्र शंकर वि.क.ले बताए । उनले भने, ‘स्विटर ल्याएपनि शैक्षिक सत्र शुरु हुने बेला ल्याउनुपर्नेमा अहिले चिसो मौसमका बेला ल्याएर बिक्रि गर्नु गलत हो । अब टेस्ट परीक्षा सकिएपछि हामी स्कुल नै जानुपर्दैन म स्विटर लिँदिन भन्दा हामीलाई आज परीक्षा गर्न प्रश्न पत्र नै दिइएन ।’ शंकरसँगै अन्य १५÷२० जना विद्यार्थीले पनि विद्यालयबाट स्विटर नकिनेकै कारण परीक्षा दिन पाएनन् ।

आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशूल्क भनेर संविधानमै उल्लेख भएपनि यस विद्यालयले परीक्षा शूल्कको नाममा कक्षा १० का विद्यार्थीहरुसँग प्रतिविद्यार्थी १ हजार रुपैयाँका दरले असुलेको थियो । आवेदन फारम शूल्क शीर्षकमा १ हजार रुपैयाँ लिएको रसिद बाहिरिएसँगै विद्यालयले संविधानविपरित शूल्क असुलेको खुलेको हो ।

उता बिद्यालयका प्रअ चुमानसिह बोहराले आज नै बिद्यार्थिको पैसा फिर्ता भएको जानकारी दिएका छन । विद्यालय ब्यबस्थापन समितिको बैठक बसेर पैसा फिर्ता गरेको प्रअ बोहराको भनाई छ ।

बिद्यालय प्रअ चुमानसिह बोहराले शिक्षा क्षेत्रमा सुधार ल्याउनको निम्ति आफुले बिद्यार्थिलाई स्विटर नलिएकै कारण परिक्षा गर्न नदिएको जिकिर गरे । जाडो याममा विद्यालयले स्विटर खरिद गरेको र स्विटर नलगेकै कारण परिक्षा गर्न नदिएको प्रअ बोहराको दाबी छ ।

तपाईको प्रतिक्रिया