खलंगाको कर्मचारी मिलन केन्द्रको भवन प्रयोगविहीन

रूकुम पश्चिम,२० पाैष ।

जिल्ला सदरमुकाम खलंगामा अवस्थित कर्मचारी मिलन केन्द्रको भवन प्रयोगविहीन भएको छ । करिब दुई दशकअघि स्थापना गरिएको यो भवनमा विभिन्न कार्यक्रम गर्न सकिने प्रकारको हल भए पनि सरोकारवालाको लापरबाहीका कारण प्रयोगमा आउन नसकेको स्थानीय गोकर्ण खड्काले बताए ।

उनले भने‚ ’पहिले–पहिले यहाँ विभिन्न बैठकहरू तथा सार्वजनिक कार्यक्रमहरू हुन्थे । पछिल्ला केही वर्षयता भने त्यस्ता कार्यक्रम होटेलहरूमा हुन थालेका छन् ।’ जिल्लामा क्रियाशील राष्ट्रसेवक कर्मचारीहरूको छाता संगठनका रूपमा रहेको मिलन केन्द्रको रूकुम पश्चिममा पनि जिल्ला समिति छ ।

तर‚ यो भवनको सदुपयोगमा ध्यान दिइएको छैन । यस विषयमा जिज्ञासा राख्दा केन्द्रका अध्यक्ष मोहन केसीले सदुपयोग गर्न नसिएको स्विकार्दै यथाशक्य सुधार गरेर प्रयोगमा ल्याउने योजना रहेको बताएका छन् ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!