दिलिप ढकाल
सुर्खेत,२० पाैष ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। वडा नम्बर ८ को वडा कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा वडा भित्रका७० बर्ष उमेर पुगेका १३० जना जेष्ट नागरिकलाई न्यानो कपडा बलाङ्केट वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण बिकले जानकारी दिए ।
छुटेका जेष्ट नागरिकलाई २० गते पूणःन्यानो कपडा वितरण गरिने छ। गुर्भाकोट नगरपालिका उपप्रमुख मैना विकको प्रमुख आथित्य र वडाअध्यक्ष किरण विकको सभापतित्वमान्यानो कपडा वितरण गरिएको हो। चिसो मौसममा न्यानो कपडा पाउदा जेष्ठ नागरिकले खुशी व्यक्त गरेका छन्।
युग संवाददाता । । २० पुष २०७९, बुधबार ०७:०६