काठमाडौँ,१९ पाैष ।
नेकपा एकीकृत समाजवादीले वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ । पोलिटब्युरोको दुई दिन चलेको बैठकले एकता, सहकार्य, मोर्चा बनउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउन आवश्यक गृहकार्य गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ ।
’हाम्रो पार्टी वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरुको पक्षमा काम गर्ने हिजो पनि ग¥यौं र भोलि पनि गर्ने छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ’केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ ।’
सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक भएको भन्दै यस विषयमा पनि आवश्यक अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको खतिवडाले जानकारी दिए । ’सरकारको बारेमा बृहत छलफल गरेका छौं । यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ ।
नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ,’ खतिवडाले भने ’धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।’ दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकारमा समसामयीक राजनीतिक अवस्थाको बारेमा सदस्यहरुले धारणा राखेका थिए ।
कान्तिपुर
युग संवाददाता । । १९ पुष २०७९, मंगलवार १७:५३