प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, विश्वासको मतको तयारीबारे छलफल

काठमाडौँ ,१९ पाैष  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ ।

विश्वासको मतको लिने सम्बन्धमा भएको तयारी र मन्त्रिपरिषदलाई पूर्णता दिने सहितको विषयहरुमा प्रधानमन्त्री र सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ’ दाहाल सचिवालयका सूर्य किरणले भने ।

संविधानको धारा ७६ (२) अनुसार बनेको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहाल र ओलीबीच विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । दाहालले पुस ११ गते सपथ लिएका थिए ।

कान्तिपुर

तपाईको प्रतिक्रिया
error: Content is protected !!