कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहद्धारा सर्वदलिय बैठक आह्वान

सुर्खेत,१८ पाैष  ।

कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठकको अगाडि प्रदेश सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाहले सोमबार बिहान ११ बजेका लागि सर्वदलिय बैठक आह्वान गरेको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो १ बजे प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन यसअघि नै आह्वान गरिसकेका छन् । बैठक सञ्चालन, प्रदेशसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक आह्वान गरिएको बताइएको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, रापप्रा र नेकपा एकीकृत समाजवादीक १ १ र १ स्वतन्त्रसहित ४० जना सांसद छन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!