लघुकथा : बार्दली

तुलसी पण्डित


सुर्खेत,१७ पौष ।

अचम्म भयो । फेरि सत्तामा पुग्न लाग्दा हर्केलाई सबैले दवाव गरेँ ।अब यो मौका गुमाउनु हुँदैन । सबै पद हामी आफैले राख्नु पर्छ । के भो र गफ गर्दै जादा ढिलो भए पनि हाम्रै हातमा घुमीफिरी आउँछ । दफा तीनमा पुगेपछि हाम्रै हालिमुहाली हुन्छ ।

हर्केले भन्यो । “साथीहरु यसमा केही गड् वड हुन सक्छ । मैले पहिले गठबन्धन बनाउँदा उसलाई वचन दिएको छु। केही सोच्ने हो कि सबैले उसको विरोध गरे । “राजनीति हो । त्यस्ता कुराले केही फरक पार्दैन ।“ हर्के नर्मस भयो । अब कहाँ के हुने हो ।


आफ्नै पार्टीबाट दुबै पद न छोड्न दवाव आएको छ । यस्तो मौका फुत्कने होकी । वार्ता चलि रह्यो । हर्के पार्टीका साथीहरुको कारण तहसनहस भएन। उसले आफूले मुख्य दुई पद छोड्न न सक्ने कुराको जानकारी दियो । समय घर्की सकेको थियो ।

हितेले सोच्यो । उनीहरुले मुख्य पद न छोड्ने भए पछि अब विकल्प सोच्नै पर्यो । यदि ढिला भयो भने उनीहरुको हातमा सत्ता पुग्ने छ । ऊ वार्ता न मिले पछि निरास हँुदै हिड्यो । यता फेरि हर्केको जमातमा निरासा छायो ।

शङ्का उपशङ्का उब्जियो । तर्कवितर्क गर्न थाले । हर्केको कमाण्डरले भने । “उहाँ खाना खाएर आउनु हुन्छ ।“ उसले भनेको केही समयपछि वार्दलीमा अनौठो दृष्य देखियो । सबैले आश्चर्य माने । “ ल हेर हिते र विपक्षी दलका नेताको हात वार्दलीबाट एक तमासले हल्लीरहेछ ।“


Leave a Reply

Your email address will not be published.


ताजा समाचार