गठवन्धनका उम्मेदवारका तगारा :  रुष्ट, असन्तुष्ट र स्वतन्त्र

सुर्खेत,१ कार्तिक ।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय गठवन्धनका बावजुदपनि कर्णाली प्रदेशको राजधानीसमेत रहेको र राजनीतिक रुपले अति महत्वपूर्ण मानिएको वीरेन्द्रनगरको प्रमुख, उपप्रुमख दुबैमा गठवन्धनका उम्मेदवार पराजित भए । कांग्रेस–माओवादी गठवन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४ सय ८४ मत पाउँदा एमालेकी एक्ली उम्मेदवार मोहनमाया भण्डारी (ढकाल)ले १६ हजार ३८ मतका साथ जित हासिल गरिन् ।

निर्वाचनमा प्रायःजसो कांग्रेस र एमालेबीच ‘नेक टु नेक’ प्रतिष्पर्धा हुने वीरेन्द्रनगरमा माओवादीसंगको दुई दलीय गठवन्धन गरेर चुनाव लड्दापनि खड् काले केवल ५ सय ५४ मतको झिनो मतान्तरले पराजित हुनपर्यो । नगर प्रमुखमा कडा प्रतिष्पर्धाजस्तो देखिएपनि उपप्रमुखको प्रतिष्पर्धामा भने गठवन्धनकी शान्ति ढकालको अवस्था भने झनै नाजुक देखियो ।

एमालेका नीलकण्ठ खनालले २० हजार ३ सय ६४ मतका साथ चुनाव जित्दै गर्दा नेकपा माओवादी केन्द्रकी ढकालले खनालभन्दा ८ हजार ८ सय ३१ मत कम जम्मा ११ हजार ५ सय ३३ मत पाइन् । गठवन्धनले व्यहोरेको यो पराजयलाई लिएर दलहरुले एकअर्कालाई खुलेरै दोष नलगाएपनि आप् mनै पार्टीभित्रको आन्तरिक कमजोरी र अन्तर्घातका कारण चुनाव हालेको सोलोडोलो निष्कर्ष निकाले ।

त्यसको करिव एक महिनापछि जेठ महिनामा भएको जिल्ला समन्वय समिति नेतृत्व छनौटका बेला भने माओवादीले कांग्रेसको साथ सर्लक्कै छाडेर एमालेसंग साँठगाँठ गरी विभिन्न पदहरुमा भागवण्डा पायो । गठबन्धनकै कारण चौकुने गाउँपालिका जितेको माओवादीले त्यहि एक भोटलाई ‘मेजर बार्गेनिङ टुल’ का रुपमा प्रयोग गरेर उपप्रमुखसहितको पद पाउँदा २०७४ सालमा समन्वय समितिमा एकलौटी नेतृत्व गरेको कांग्रेस नराम्रोसंग जिल्लियो ।

त्यतिबेला भने माओवादीका केहि जिल्लास्तरीय नेताहरुले ‘स्थानीय तहको चुनावमा काँग्रेसले माओवादी उम्मेदवारलाई भोट नदिएको’ निष्कर्षसहित एमालेसंग तालमेल गर्नुपरेको बताएका थिए । सुर्खेत वीरेन्द्रनगरको एउटा प्रतिनिधिमूलक घटना मात्र हो । तत्कालीन अवस्थामा कर्णालीका अन्य केहि जिल्ला अन्तर्गतका पालिकाहरुको चुनावमा पनि गठवन्धनका उम्मेदवारहरुको यस्तै परिणाम देखिएको थियो ।

स्थानीय चुनावमा डोल्पाको मुड्केचुला, जगदुल्ला र ठूलीभेरी नगरपालिकामा माओवादी एक्लै चुनाव लडेको थियो भने सत्ता बाहिर रहेको एमालेसँग समाजवादी र कांग्रेसको गठबन्धन भएर माओवादी विरोधी मोर्चा बनाएर भिडेका थिए । त्यस्तै रुकुम पश्चिममा समेत माओवादी एक्लै अन्य सबै दलहरू गठबन्धन गरी चुनाव लडेका थिए।

जाजरकोटका ७ वटा स्थानीय तहमा गठबन्धन गरिएको भए पनि परिणाम ठीक उल्टो आएको थियो । गठवन्धन भनिएपनि जुम्लामा अधिकांश स्थानीय तहमा गठबन्धनका दलहरू बीचमा तालमेल नै भएन । सल्यानको अवस्था पनि अन्य जिल्ला भन्दा फरक रहेन ।

‘रिङ्दै घुम्दै रुम्जाटार’ भनेझैं कांग्रेस र माओवादीको त्यहि गठवन्धनमा अहिले नेकपा एकिकृत समाजवादीसहितका दल थपिएर अर्को ‘महागठवन्धन’ बनेको छ आसन्न मंसिर ४ को चुनावका लागि । सत्ता गठबन्धनका दलहरुले कर्णालीका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागवण्डा मिलाएपनि स्थानीय तहको चुनावमा भएको ‘धोका’ र एकअर्कालाई सिट नछाडी गरिएको ‘मित्रवत् प्रतिष्पर्धा’ ले झस्काउन भने छोडेको छैन् ।

कर्णालीबाट प्रतिनिधिसभातर्फका १२ वटा निर्वाचन क्षेत्रमा गठवन्धनका उम्मेदवार भएपनि कुनै कुनै क्षेत्रमा एकले अर्कालाई नस्वीकार्ने प्रवृत्तिका कारण कर्णालीमा केहि सिट गुमाउनु पर्ने अवस्थापनि नआउला भन्न सकिन्न । किनकी ग्रामीण क्षेत्रका मतदातामध्ये अन्य पार्टी समर्थकले ‘माओवादीले हिजोका दिनमा दुःख दिएको’ तुष पालेर बसेका छन् भने शहरी क्षेत्रका मतदाता ‘आप्mनो परम्परागत चिन्हभन्दा अन्त मत नहाल्ने’ भनेर ‘कट्टरता’ देखाउनेपनि छन् ।

युथ सेन्टिमेन्ट कता ? गठवन्धनका उम्मेदवारमध्ये पनि खासगरी पुराना अनुहारलाई यसपाली केहि अप्ठेरो पार्नसक्ने अर्को एउटा प्mयाक्टर हो, ‘अपोजिट युथ सेन्टिमेन्ट’ । पछिल्लो समय राजनीतिमा चासो राख्ने र मतदानमा सचेत बन्दै गएको युवा पुस्ताले ‘एउटै अनुहार बारम्बार दोहोरिएको’ भन्दै विकल्प खोज्ने संकेत देखाइरहेको छ ।

उपलब्धिमूलक काम गर्न नसकेपनि एउटै व्यक्ति नेकपा (माओवादी केन्द्र) कै कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाको नाम समानुपातिकबाट हटाइएपछि उनीपनि रुष्ट हुँदै आएका छन् । रुकुम पश्चिममा माओवादी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जालमा असन्तुष्ट रहेको स्ट्याटस लेखेकी छिन् ।

दैलेख क्षेत्र नम्बर २ को (ख) का लागि माओवादीले सुशील रावतलाई टिकट दिएपनि अन्तिममा एमालेबाट विद्रोह गरेर आएका योगेन्द्रबहादुर शाहीलाई टिकट दिइएपछि रावत रुष्ट भएका थिए । सत्तारुढ दलभित्र जहाँ बडी रुष्ट र असन्तुष्ट छन् प्रतिष्पर्धी दल उम्मेदवारका लागि त्यहि अन्तरविरोधमा खेल्नसक्ने सम्भावनापनि उत्तिकै रहन्छ ।

रुष्ट,र असन्तुष्ट

लामो समय पार्टीमा योगदान दिएपनि गठवन्धनका नाममा गरिएको भागवण्डाकै कारण आपूmले टिकट नपाएपछि ‘रुष्ट’ र ‘असन्तुष्ट’ बनेकाहरुको संख्यापनि कम छैन् । त्यहि असन्तुष्टिका कारण कतिले पुरानो पार्टीविरुद्ध विद्रोह गरेर पार्टी र गठवन्धनको निर्णयलाई चुनौति दिंदै उम्मेदवारी समेत हालेकापनि छन् ।

तिनै असन्तुष्टमध्ये सुर्खेतको क्षेत्र नं. २ को प्रदेशसभातर्फ एकिकृत समाजवादीका शिवप्रसाद उपाध्यक्ष र मोहन वडुवालले गठवन्धनका उम्मेदवारलाई समेत चुनौति थपिने गरी पार्टीगत रुपमै उम्मेदवारी कायम राखेका छन् । गठवन्धनको मर्मअनुसार नै आपूmहरु आधिकारिक उम्मेदवार बन्नुपर्ने जिकिर गर्दै आएका समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका वडुवालले पार्टीको निर्देशनअनुसार नै उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

एकिकृत समाजवादीको यो अडानले पार्टीका कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका सल्यानबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका प्रकाश ज्वालालाई धक्का पुग्ने अनुमान गठवन्धनका नेताहरुले गरेका छन् । यता, २०७४ को चुनावमा गठवन्धनका उम्मेदवारलाई हराएका हुम्लाका छक्कबहादुर लामा चुनावको मुखैमा आएर नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै कर्णाली प्रदेश सरकारका पूर्व उद्योगमन्त्री एवं एकिकृत समाजवादीका नेता नन्दबहादुर बुढापनि एमालेमै फर्किएका कारण आसन्न निर्वाचनको परिणाममा त्यसको प्रभाव निश्चित रुपलेपर्ने देखिन्छ ।

गठवन्धनका उम्मेदवारका तगारा :  रुष्ट, असन्तुष्ट र स्वतन्त्र

पालिका अध्यक्ष खत्रीको पहलमा कालिमाटीमा टेलिफोन सेवा

गठवन्धनका उम्मेदवारका तगारा :  रुष्ट, असन्तुष्ट र स्वतन्त्र

चुनावी चटारो र लोकतन्त्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds