गुर्भाकोट कृषि सहकारीको पहिलो साधारण सभा सम्पन्न

दिलिप ढकाल
गुर्भाकोट,१६ पौष ।

एकका लागि सबै सबैका लागि एक भन्ने मुल उद्देश्यका साथ् २०७८ पौस १५ गते देखि गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा स्थापना भई संचालनमा रहेको गुर्भाकोट कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ स्थित खैरेनीमा दिउसो १ बजे देखि सुरु भएको साधारण सभा ४ बजे सम्म सचालन भएको थियो। सहकारीका प्रबन्ध निर्देशक प्रेम डि सी ले साधारण सभामा आ.व.०७८/०७९ को प्रगति तथा आ.व.०७९/०८० को वार्षिक नीति, कार्यक्रम र वजेटसँगै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो ।

आर्थिक बर्ष २०७८/०७९ मा संस्थाको १ करोड १३ लाख १० हजार ५३७ रुपैयाँ १० पैसा बरावरको कारोबार भएको थियो । जसमा संस्थाको शेयर पुँजी २५ लाख ९ हजार २ सय रुपैयाँ, कर्जा लगानी ७५ लाख ५६ हजार २ सय १७ रुपैयाँ, निक्षेप संकलन ९५ लाख १६ हजार २१ रुपैयाँ ३४, रहेको थियो। करिब ४५० भन्दा बढी सदस्य हरुको उपस्थितिमा भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि तथा गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने ,सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने तथा जुनसुकै समयमा मा पनि सहकार्य गर्न गुर्भाकोट नगरपालिका तयार रहेको बताए । त्यस्तै विशेष अतिथि एवम् गुरभाकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोबिन्द वलीले सदस्यहरुले संस्थामा बचतका लागि भन्दा पनि कर्जा सेवाका लागि मात्र आवद्धता हुने गरेको पाइएकाले कर्जा मात्रै भन्दा पनि बचत पनि हुन्छ र चाहिएको बेला कर्जा लिन पनि सकिन्छ भन्ने सोछाका साथ सहकारीमा बचत गर्न आग्रह गरेका थिए ।

सहकारीका अध्यक्ष धनिराम जैसिले सहकारी स्थापना काल देखि बिश्वास अध्यक्ष पदमा जिम्मेवारी दिएकोमा सहकारी परिवारलाई धन्यबाद दिदै सहकारी लाई जनताको सुख दुखको सारथिको रुपमा अगाडी बढाउन सधै तत्पर रहने जानकारी दिनु भयो। साथै उहाले सहकारी सम्बधि कुनै गुनास, समस्या वा सल्लाह सुझाब भए सहकारीमा तुरुन्त आएर वा स्वयम् अध्यक्ष लाई सम्पर्क गर्न समेत आग्रह गरे ।

कार्यक्रममा सम्बोधन गर्दै मेहेलकुना अस्पताल सँचालक समिति अध्यक्ष यज्ञ बहादुर बि क ले सदस्यहरुले सहकारी संस्थाबाट कर्जा लाई कृषि क्षेत्रमा लगानी लगाई कृषि मूखि बनाई समग्र गुर्भाकोटलाई कृषि मूखि बनाउन सबै लाग्नु पर्नेमा जोड दिए ।  त्यसै संस्थाका सँचालन समिति सदस्य लक्ष्मि प्रसाद शर्माले संस्थाबाट कर्जा लिदा हतार गर्ने तर तिर्ने बेला आलटाल गर्ने बानि धेरै को भएकाले कर्जा तिर्ने बानीको बिकाश गरेका सहकारी र सदाय बीच को मित्रता झन् राम्रो र दिगो हुने बताए ।                  सभाले संस्थामा व्यवसायिक क्रियाकलापमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई समेत सम्मान गरेको छ । जेष्ठ सदस्य सम्मान अन्तर्गत भिम बहादुर पुन,नन्दकला पुन,गंगा बहादुर वली,र झुपी कामि सम्मानित भएका छन् भने उत्कृष्ट मासिक बचत सम्मान अन्तर्गत रिता कुमारी बिक सम्मानित भएकि छन्। उत्कृष्ट बाल बचत तर्फ रबिन बिसी, दिपेश श्रेष्ठ,मनिक्य जंग शाही र भरोशा गुरुङ सम्मानित हुदा उत्क्र्स्ट कर्मचारी अन्तर्गत करिस्मा सिंह र बन्धना गिरि सम्मानित भएका छन्। उत्कृष्ट बचत कर्ता सम्मान अन्तर्गत प्रेमा कुमारी गन्द्रमा मगर,प्रेम वलि,याम बहादुर खड्का, उत्कृष्ट कर्जा कारोबार तर्फ दुर्गा कुमारि घर्ती, अबधि बचत कारोबार अन्तर्गत कस्मिरा थापा रखाल, पवित्रा रोकाय,नन्दकला योगि सम्मानित भएकि थिईन । सम्मानित हुने सबै लाई सम्मान पत्र,खादा ,तथा अबिर लगाएर उत्कृष्ट हुने साबि लाई सम्मान गरिएको थियो। सभाको कार्यक्रम सञ्चालन हेमन्त डि सि ले गरेका थिए ।

तपाईको प्रतिक्रिया