गुर्भाकोटमा फोर्स गाडि र मोटरसाईकल ठोक्किदा एक जना घाईते

सुर्खेत,१३ पाैष ।

जिल्लामा फोर्स गाडि र मोटरसाईकल ठोक्किदा एक जना घाईते भएका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ खटाङ स्थित छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बुधवार अन्दाजी ९ बजेको समयमा बोटेचौरबाट भेरीगंगा नगरपालिका छिन्चु आउँदै गरेको लु २ ख ४५६३ नम्बरको फोर्स गाडि र विपरित दिशातर्फ जाँदै गरेको लु ३२ प १४४६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्क्दिा मोटरसाईकल चालक गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का २१ वर्षीय दिपक बिक घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाईते बिकको मुख र बाँया हातमा चोट लागेको छ भने उनको हाल मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!