सल्यानमा भीरबाट लडेर २ जनाको मृत्यु

 सल्यान,१३ पाैष ।

 सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका ५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठका अनुसार गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् ।

कान्तिपुर

तपाईको प्रतिक्रिया
error: Content is protected !!