काठमाडौँ ,११ पाैष ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।
शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।
युग संवाददाता । । ११ पुष २०७९, सोमबार १७:४४