सुर्खेत,१० पाैष ।
सञ्चारिकाले पत्रकार महिलाहरुको हितमा काम गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार सञ्चारिका समुह कर्णाली प्रदेशको आयोजनामा सञ्चारिका समुह केन्द्रका पदाधिकारी र बरिष्ठ पत्रकारहरुसंग भेटघाट तथा छलफल कार्याक्रममा सहभागी पत्रकार महिलाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै सञ्चारिका समुहका केन्द्रिय अध्यक्ष बिमला तुम्खेवाले तिनै तहमा गठित सञ्चारिका समुहको समन्वयको कुरामा आँफुहरु सचेत रहेको बताईन् । उनले अब छिटै नै सञ्चारिका समुहको बिधान संशोधन गर्ने तयारी रहेको समेत जानकारी दिइन् ।
सञ्चारिका समुह पत्रकार महिलाहरुको हितमा काम गर्नुपर्ने भन्दै उनले कार्यस्थलमा हुने हिंसा लगाएतका विभिन्न हिंसा र महिलाहरुले राज्यबाट प्राप्त गर्नुेपर्ने कानुनी अधिकारका विषयमा समेत सचेत रहन आग्रह गरिन् । हिजो महिलाको अनुहार मिडियामा नहुँदापनि यो क्षेत्रमा महिलाको सहभागीताको आवाज उठेको भन्दै आज अर्थपुर्ण सहभागीताका लागि आवाज उठाउन जरुरी रहेको सुनाईन् ।
कार्यक्रममा सम्बोधन गर्दै बरिष्ठ पत्रकार अनिता बिन्दुले राज्यले कानुन निर्माण गर्दा महिलाहरुको सहभागीता हुनुपर्ने भन्दै विशेषगरी मिडियासंग सम्बन्धित कानुन निर्माणका क्रममा पत्रकार महिलमहरुले आफ्नो हिस्सा खोज्नुपर्ने धारणा राखिन् । समाचार नलेखि पत्रकार नभइने भन्दै उनले काम संगसगै कानुनी व्यवस्थाका बारेका समेत अध्ययनशिल हुन सबैलाई आग्रह गरिन् ।
पत्रकार महासंघ शाखा र प्रदेशमा समेत पत्रकार महिलाहरुले आफ्नो स्थान खोज्नुपर्ने धारणा उनले राखिन् । आजपनि पत्रकार महिलाहरुलाई ज्यालामा असमानता, कार्यस्थलमा हुनेको शिकार र साइबर अपराधबाट समेत पत्रकार महिलाहरु अछुतो नभएको भन्दै उनले यसमा सबै पत्रहार महिलाहरु एक भएर लाग्न उनले आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव सिर्जना अर्यालले आजपनि पत्रकार महिलाहरुलाई काम गर्न सहज नभएको भन्दै पत्रकारितामा टिक्नका लागि काम गर्नै पर्ने बताईन् । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य तथा कानुन विभाग प्रमुख सरिता तिमिल्सीनाले आजपनि पत्रकार महिलाहरुलाई पुरुष पत्रकारहरुले लडाउने र मुद्धामा एक हुन नदिने समस्या रहेको सुनाईन् ।
उनले संगठनका हिसाबले जता भएपनि पत्रकार महिलाहरु कार्यस्थलमा हुने हिंसा, ज्यालामा विभेद, यौन दुव्र्यवहार तथा साइबर अपराध सबै मुद्धाहरुमा एक भएर लाग्न सुझाव दिइन् । छलफल कार्यक्रममा सञ्चारिका समुह केन्द्रका सदस्य लोग्सरी कुँवर, सञ्चारिका समुह कर्णाली प्रदेशका पुर्व अध्यक्ष टिका विष्ट लगाएत सञ्चारिका समुह कर्णाली प्रदेशका अध्यक्ष सीता वली लगाएतका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
युग संवाददाता । । १० पुष २०७९, आईतवार १७:५४