सल्यानमा बस दुर्घटना हुँदा चालक र सहचालक घाइते

सल्यान,१० पाैष ।

 जिल्लाको बाग्चौर नगरपालिका–२ बाग्चौरमा ना ७ ख ३८९८ नम्बरको यात्रुबाहक बस आइतबार बिहान भित्तामा ठोक्किँदा चालक र सहचालक घाइते भएका छन् । ओरालोमा लगेर स्टार्ट गर्न खोज्दा ब्रेक नलाग्दा बस भित्तामा ठोक्किएको हो । भित्तामा ठोक्किँदा घाइते भएकामा चालक शारदा नगरपालिका ११ का २८ वर्षीय टेकेन्द्र थापा र सहचालक छत्रेस्वरी गाउँपालिका ६ शंखमूलका २९ वर्षीय राजु बस्नेत रहेका छन् ।

घाइते भएका सहचालक राजु बस्नेतलाई टाउकोमा चोट लागेकाले सिटी स्क्यानको लागि नेपालगन्ज लगिएको र चालक थापा भने सामान्य उपचारपछि ठिक भएका इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रनि कनकबहादुर शाहीले बताए ।

ओरालोमा ब्रेक नलागेर बस भित्तामा ठोक्किएको उनले जानकारी गराए । प्रहरीका अनुसार ना ७ ख ३८९८ नम्बरको बस आइतबार बिहान बाग्चौरबाट नेपालगन्ज जाने तयारीमा थियो ।

कान्तिपुर 

तपाईको प्रतिक्रिया
error: Content is protected !!