भगवती वस्नेत
सुर्खेत,१० पाैष ।
आशा जति निरासामा
पार्यौ तिमीले
हाँसीखुसी बाँच्ने रहर
मार्यौ तिमीले
सौगातहरु मायाको थिए
साट्न अझै
अनयासै अन्तै प्रीत सा¥यौ
तिमीले !
(दुई)
गरेरै नसक्ने गुनको बयान के गरौँ
धर्तिको धुलो म जुनको
बयान के गरौँ
बैंशालु गुराँश बनेर
फुल्दै छु पाखामा
प्रितीको मधुर धुनको
बयान के गरौँ !
युग संवाददाता । । १० पुष २०७९, आईतवार ०८:२८