चार सूत्रकथा

दिलिप आर्चाय

सुर्खेत,१० पौष ।

जनक्रान्ति

प्राडो चढ्ने सर्वहारा नेताका मोटरसाइकल चढेर आएका क्रान्तिकारी कार्यकर्ताले बन्दको बेलामा साइकल चढेर हिँड्ने सामन्ती लाई नराम्रो सँग गोदेछन् ।

आँङको भैसी

यातायात क्षेत्रमा सिन्डिकेट प्रणाली खारेज गर्ने मिलुजुली सरकारका दुई दलले शान्ति स्थापना र राज्य व्यवस्थाका विविध कार्यहरूलाई चरण बद्ध रूपमा कार्यान्वयन गर्न पालै पालो सरकार प्रमुखको भूमिका निर्वाह गर्ने निर्णय गरेछन् ’।

खोक्रो आदर्श

जातिय विभेदको अन्त र स्वतन्त्रता र समानताको बढावा गर्ने आयोजना गरिएको सामाजिक भेलामा बोल्न आएका विद्वान नेताले आफू, कनिष्ठ नेता र दलित जाती सबैलाई एउटै लहरमा राखेर आयोजकले आफ्नो वेइज्जत गरेको ठम्याई भेला बहिष्कार गरेछन् ।

पाखण्ड

देशमै औषधि उपचारको यथोचित सुविधा उपलब्ध भएको सारगर्भित भाषण सक्काउने बित्तिकै रुघाखोकीको उपचार गर्न वरिष्ठ नेता विदेशतर्फ लागेछन् ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!