हरिसोभा र दुई छोराको जीवन बचाउन सहयोगको अपेक्षा

कालिकोट,९ पाैष  ।

कालिकोटको शुभ कालिका गाउँपालिका वडा नं. ३ भर्ता संज्यालवाडामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी हरिसोभा परिवार र उनका छोराको उपचारमा खर्च अभाव भएको छ । अन्जानमा घाइते भएका आमा छोराको जीवन रक्षाका लागि सहयोग गर्नु पर्ने भएको छ ।

हरिसोभा बचाउ अभियान नाम दिएर सहयोग रकम सङ्कलन गर्न सुरु गरिएको छ । शुक्रवार एकै दिनमा एक लाख ६५ हजार सहयोग जम्मा भएको छ । खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर घाइते भएकी ४२ वर्षीया हरिसोभा परियार र उनका दुई छोराको स्वास्थ्य अवस्था जटिल र उपचार गर्न रकम अभाव भएको परिवारले जनाएको छ ।

परियार र उनका १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा वर्ष १० का लोकेन्द्र परियार हाल उपचार अभावले छटपटिएका छन् । स्थानीय किरण अधिकारीले घाइतेको उपचारका लागि इ–सेवा ९८४८३६१५३८ सहयोग गर्नुहुन अपिल गरेका थिए ।

उनले आफ्नो अपिललाई सुनेर अधिकारीले आफ्नो खातामा एक लाख ६५ हजार ६७७ रुपियाँ जम्मा भएकाले उपचार गर्न पुग्ने जानकारी दिए । जम्मा भएको उक्त रकम सोमवार हस्तान्तरण गर्ने अधिकारीले बताए  ।

घटना पछि १२ घण्टासम्म उपचार नपाएका परियार परिवारले १२ घण्टापछि शुभ कालिका गाउँपालिका वडा नं ३ का वडा सदस्य चक्र बहादुर शाही र गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले अस्पतालसम्म ल्याएका थिए । हरिसोभा र उनका दुई छोराको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले अस्पतालमा उपचार भइरहेका घाइते तीनै जना खतरा मुक्त भएको बताए  ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया
error: Content is protected !!