सुर्खेत,९ पाैष ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्र भित्र जडान भएका हाइमास्ट बत्तिहरु दिउँसै बल्न थालेका छन् । दर्शन खबरको टिम वीरेन्द्रनगर ६ भानु पार्क (डिएनपी डाँडा) जाँदै गर्दा दिउँसो एक बजेको समयमा नै हाइमास्ट बत्तिहरु बलिरहेका थिए । भानु पार्क मात्र नभई वीरेन्द्रनगरका अरु स्थानमा पनि केहीदिन देखि निरन्तर रुपमा दिउँसोको समयमा बत्तिहरु बलिरहेका छन् ।
रातको समयमा सवारी साधन र पैदल यात्रुहरुका लागि सहज हुने उदेश्यले जडान भएका हाइमास्ट बत्तीहरु दिउँसोको समयमा बलिरहदा विद्युतको महशुल बढ्दै गएको छ । यस तर्फ भने वीरेन्द्रनगर नगरपालिकाका र सम्वन्धी निकायले चासो नदेखिएको स्थानियले गुनासो गरेका छन् ।
युग संवाददाता । । ९ पुष २०७९, शनिबार १५:३३