कांग्रेस कर्णाली संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन

सुर्खेत,९ पाैष ।

नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन  ।

कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाहको प्रस्तावक र जानकी सिंहको समर्थकमा उनि  सर्वसम्मत भएका  हुन्र  । उनि  अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुन । शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्  ।

तपाईको प्रतिक्रिया