माधव नेपाल शपथ खाएर अस्पताल फर्किने

काठमाण्डौ,७ पाैष  ।

रौतहट–१ बाट चुनाव जितेका एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल आज (विहिवार) शपथ खाएर अस्पताल फर्किने भएका छन् । बिरामी परेर अस्पताल भर्ना भएका नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि आज विहिवार संसद भवन जाने छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पछि पुनः अस्पताल फर्किने बताइएको छ । उनीलाई रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!