जुम्ला कारागारमा खानेपानीको अभाव

जुम्ला,७ पाैष  ।

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ । पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको संकट भएको हो । दैनिक बिहान–बेलुका गरी २ घण्टा मात्र पानी आउने धारामा कैदीलाई लाइन लाग्नुपर्ने बाध्यता छ ।

२ सय कैदी बन्दीको क्षमता रहेको जुम्ला कारागारमा १ सय १० जना कैदीहरू छन् । जसमध्ये १ सय ८ पुरुष र २ महिला रहेका कारागारले जनाएको छ । कारागारमा खानेपानी अभाव भएपछि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको छ ।

कारागारमा पटक पटक खानेपानीको राम्रो प्रबन्धको लागि सम्बन्धित निकायसँग आग्रह गरे पनि सुनुवाई नभएको कारागारले जानकारी दिएको छ । कैदीले पहिलेदेखि बगिरहेको तिला नदीको पानी पिइरहेका छन् ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया